• रोट्रयाक्ट क्लवअफ अन्नपूर्ण एक दशक को यात्रामा प्रवेश

    June 10, 2019     7:08 pm

    नवराज दाहाल / पोखरा २७ जेठ ।
    समाजमा हुने परिस्थिती सँग जुध्न तथा समस्याको समाधन सँग–सँगै अगाडी बढी उत्कृष्ट पहिचान बनाउन का निम्ती धेरै संघ संस्था तथा क्लवहरु गठन भएका छन् । जसमध्ये रोट्रयाक्ट क्लवअफ अन्नपूर्ण २०६६ सालमा स्थापना भई दशौँ वर्षमा प्रवेश गरेको छ । विभिन्न आरोह अवरोह पार गर्दै दशौँ वर्षमा प्रवेश गरेको खुशीयालीमा जन्मोत्वसव मनाएको छ ।

    कार्यक्रममा जोन फोर का जोनल सेके्रटरी प्रवेश गौतमले युवाहरु लाई यो एउटा प्लाट फर्म हो जहाँ सिक्ने र सिकाउने कार्य निरन्तर रहने बताए ।
    जोनल रोट्रयाक्ट रिप्रिजेन्टेटिभ सुवास मल्लले एक दशकको यात्रा तय गर्नु भनेको सुख दुखको घुम्ती भएको बताउँदै आगामी दिनमा अझै राम्रा कार्यहरु गरी उदाहरणीर बनेर देखाउन आग्रह गरे ।

    उक्त कार्यक्रममा रोटरीका प्रेसिडेन्ड सुरेश ध्वजुले तीन जना व्यक्ति हरुले रक्तदान गर्न सक्ने गरी ब्लड कलेक्सन भ्यानल्याउने बताए । उक्त भ्यान नेपाल रेडक्रस सोसाइटी लाई हस्तान्तरण गर्ने योजना रहेको बताए ।
    उक्त कार्यक्रममा बोल्दै मेन्टर इश्वर कर्माचार्यले समय विताउनका लागि हो भने क्लवन आउन र काम गर्ने साथीहरुलाई नभुलाउन सुझाबदिदैँ समाजमा केही छाप छोडने तरिकाले काम गर्न सकेको खण्डमा मात्र सफलहुने सक्ने कुरा सुझाए ।

    पास्ट पे्रसिडेन्ट पुनमगिरीले क्लबलाई आगामी दिनहरुमा अझ राम्रो र हाम्रो बनाउन का निमित्त आफुले निरन्तर सहयोग गर्ने बताए ।
    कार्यक्रममा चार्टर प्रेसिडेन्ट निकेश कर्माचार्यले नयाँ नयाँ कार्यक्रमहरु लिएर अगाडी वढ्न सुझाबदिए ।

    रोट्रयाक्टक्लव अफ अन्नपूर्णका फाउन्डर माधव सिग्देलले क्लवनयाँ दिशा निर्देश गर्नको निम्ति युवायुवतीको खाँचो छ । उनीहरुमा भएको जोश, जाँगर, सिप, क्षमता र दक्षतालाई समाजमा केही गरेर देखाउने अवसर हो, जसलाई पछ्याउन निरन्तर लगनशील भएर लागेमा सफल हुनेमा दुइमत नभएको कुरा जिकिर गरे ।


    कार्यक्रममा एक्टीङ पे्रसिडेन्ट प्रदिप पहारीले आगामी दिनहरुमा नयाँ कार्यक्रमहरु लिएर आउने साथै समाजले अहिलेका युवा पुस्ताबाट के अपेक्षा गरिरहेको छ त्यसालाई मध्यनजर गरेर कार्यक्रमहरु तय गर्ने तथा रोट्रयाक्ट साथीहरुको क्षमता अभिबृर्दी गर्न सधैँ तत्पर रहने बताए ।

    कार्यक्रम संयोजक रोटा वर्ष २०१९÷०२० का पे्रसिडेन्ट रोहितगिरीले एक दशकको यात्रा तय गरेको अवसरमा शुभकामनादिदैँ एक महिना पछि रोट्रयाक्ट क्लवअफ अन्नपूर्णको पदस्थापन हुने बताए ।

    कार्यक्रममा स्वागत क्लबका सेके्रटरी सुरज अधिकारीले गरेका थिए भने कार्यक्रमको संञ्चालन क्लवका कोषाध्यक्ष कृष्ण जोशी भारीले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।