• विप्लव समूह कास्कीका सेक्रेटरी सहित १८ जना पक्राउ

    June 9, 2019     10:18 pm

    पोखरा २६, जेठ
    नेत्रविक्रम चन्द विप्लव समूहका कास्कीका जिल्ला सेक्रेटरी सहित १८ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट शनिबार साँझ उनीहरुलाई गोप्य सुचनाको आधारमा पक्राउ गरिएकोे कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले बताए ।
    उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको उनले बताए । उनीहरुबाट विप्लव समुहको दष्तावेज सहित आमा समुहको भवनबाट पक्राउ गरिएको एस.पी. कार्कीले जनाए ।
    पक्राउ पर्नेहरूमा मिलन राई, काजी गुरुङ, सन्तोष विक, आस्था नेपाली, प्रकाश बास्तोला, जंगबहादुर (उर्फ) लगायतका रहेको प्रहरीले जनाएको छ । गुरुङ विद्यार्थी संगठनका जिल्ला अध्यक्ष, राई केन्द्रीय सदस्य, नेपाली कास्की उपाध्यक्ष भएको बताइएको छ ।
    विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बैठक बस्दै गर्दा प्रहरीको टोलीले घेरा हाली उनीहरुलाई नियन्त्रणमा लिएको श्रोतले जनाएको छ । केही दिन यता विप्लव समुहका नेता तथा कार्यकर्ताको विभिन्न गतिविधि हुदै आएको बताइएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।