• न्याय क्षेत्रमा संघीयता आएन ःमुख्यमन्त्री गुरुङ

    June 9, 2019     10:02 pm

    पोखरा २६ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश संघीय प्रणालीमा गएपनि न्यायिक क्षेत्र एकात्मक ढाँचामै सञ्चालन भैरहेको बताएका छन् ।पोखरा महानगरपालिकाको न्यायिक समिति मेलमिलाप सम्वन्धि आधारभूत तालिमको उद्घाटन गदै उनले सवै सरकारी निकायका कार्यालयहरु संघीयता अनुसार सञ्चालन भएपनि न्यायिक क्षेत्र एकात्मकशैलीमा संचालन हुदाँ समस्या भएको बताए । ‘न्याय क्षेत्र संघीय ढाँचामा सञ्चालन हुुनु नमिल्दो भएकाले कानून निर्माणमा समस्या भएको छ ।’
    उनले स्थानीय तह र प्रदेश आफैमा सरकार भएकाले आवश्यक ऐन, कानून निर्माण गर्ने अधिकार भएको बताए । उनले न्यायिक समिति र जिल्ला अदातलवीच कुनै एउटा संरचना खडा गरेर कमजोर बनाउने प्रयास भैरहेको बताउदै उनले भने, ‘त्यही कारणले न्यायिक समितिलाई आवश्यक कानून बनाउन सकेका छैनौ ।’ उनले न्याय क्षेत्रलाई एकात्मक ढाँचा सञ्चालन हुनु संघीयताको मर्म र भावना विपरित भएको बताए । उनले संघीयता मुताविक सञ्चालन नहुने संस्थालाई खोजेर कानून नबनाउने समेत बताउदै भने, ‘न्यायिक समितिलाई प्रभावकारी बनाउनेछौ । कानून निर्माण गर्न अव रोकिन्नौ ।’ उनले जनताको नजिकको सरकार स्थानीय सरकार भएको बताउदै न्याय सम्पादन, विकासका महत्वपूर्ण काम प्रभावकारी ढंगले सञ्चालन गर्ने गरी कानून बनाउनसके मात्रै जनताको चाहना र आवश्यकता पुरा हुने बताउदै त्यसका लागि स्थानीय तहलाई कानून निर्माण गर्नुपर्छ । समाजमा देखिने द्धन्द्ध दिगो, सरल र सस्तो रुपमा समाधान गर्नुपर्ने बताउदै मुख्यमन्त्री गुरुङले भने, अदालत जादा खर्चिलो र झन्झटिलो हुन्छ त्यसैले सजिलो प्रणालीका रुपमा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरीएको बताए । उनले संघीय प्रणाली महङगो भएपनि जनताका लागि सस्तो प्रणाली भएको बताउदै न्यायिक समितिले प्रभावकारी रुपमा न्याय सम्पादन हुनुपर्नेमा जोड दिए । उनले न्यायिक क्षेत्रमा र्दुगन्धित व्यक्तिलाई न्यायाधिस बनाउने कार्यले न्याय सम्पादनमा समस्या भएको बताए ।

    पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले जनताले न्याय सहज र सरल रुपमा प्राप्त गर्ने वातावरण सृजना गर्नुपर्ने बताउदै स्थानीय तहमा हुने विवाद अदालत पु¥याउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने भन्दै कुनै लोभलालचमा नपरी न्याय दिनुपर्ने बताए । पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप मार्फत विवादको समाधान गर्नु उत्तम उपाय भएको बताइन् । उनले मेलमिलापले समाजमा दिगो शान्ति स्थापना र पक्ष विपक्ष दुवैले जित्ने वातावरण सृजना हुने बताइन् । सहजकर्ता हरीप्रसाद पण्डीतले मेलमिलापकर्ता हुन ४८ घण्टाको तालिम लिनुपर्ने व्यवस्था रहेको बताए ।
    महानगरले मेलमिलापकर्ता नभएका वडालाई ध्यानमा राख्दै ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सञ्चालन गरेको न्यायिक समिति सदस्य किशोर बरालले बताए । उनलका अनुसार तालिममा विभिन्न वडाका ८४ जनाको सहभागीता रहेको छ । महानगरले दश वटा वडामा मेलमिलापक केन्द्र स्थापना गरीसकेको छ । तीन भन्दा बढि मेलमिलापकर्ता भएमा केन्द्र खोल्न पाउने व्यवस्था रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।