• यूरोप भ्रमण का लागि उडे प्रधानमन्त्री ओली

    June 8, 2019     8:15 pm

    पोखरा जेठ २५ ।

    प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमणका लागि शनिबार साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।


    पत्नी राधिका शाक्यसहित, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलगायत २० जनाको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली साँझ साढे ७ बजे युरोपका लागि उडेका हुन् । टोलीमा ट्रेड युनियनका प्रतिनिधिहरु, सांसदलगायत सहभागी हुँदैछन् ।

    प्रधानमन्त्री ओली आइतबार स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को साधारणसभामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सो समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने छ ।

    जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फौत ओक्ते र नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गसँग भेटवार्ता गर्नेछन् । त्यस्तै स्वीट्जरल्याण्डका पूर्व संघीय काउन्सीलर एवम् संघीय गृह विभागका प्रमुख अलाईन बर्सेटसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सोही अबसरमा प्रधानमन्त्री ओली आईएलओका महानिर्देशकले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछन् ।

    त्यसैगरी जेठ २७ गते प्रधानमन्त्री ओली बेलायत जाने कार्यक्रम छ । त्यहाँ उनले अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ भने उनले बीबीसी वर्ल्ड सर्भिसलाई अन्तर्वार्ता दिनेछन् । बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी टेरिजा मेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनी जेठ २९ गते फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । फ्रान्समा रहँदा जेठ १३ गते प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी एडुवार्ड फिलिपेसँग दुईपक्षीय हितका विषयमा कुराकानी गर्नेछन् । साथै त्यहाँका व्यापारी तथा लगानीकर्ताहरुसँग प्रधानमन्त्री ओलीको भेटघाट कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    ओलीको भ्रमण टोलीमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलगायत सहभागी छन् ।
    नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।