• कोरियन भाषा परीक्षाः ४५ नक्कली परीक्षार्थी पक्राउ

    June 8, 2019     6:03 pm

    फाइल तस्विर

    जेठ २५ ।

    शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् ।

    उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसबाहेक परीक्षा शान्तिपूर्ण रुपमा शनिबारको परीक्षा सम्पन्न भएको बोगटीले जानकारी दिए ।

    परीक्षा आइतबार पनि हुनेछ ।

    परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।

    अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।

    परीक्षा बिहान १० देखि १०ः५० सम्म र दिउँसो १ः३० देखि २ः२० बजेसम्म सञ्चालन भएको जनाइएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।