• गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

    June 7, 2019     7:04 pm

    फाइल तस्विर

    पोखरा जेठ २४ / गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : ‘एक सहकारी- एक उत्पादन, एक घर-एक सदस्य’
    पोखरा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सहकारीलाई घरसम्मै पुर्‍याउने र हरेक घरका एकजना व्यक्तिलाई सदस्य बनाउने नीति लिएको छ । सहकारीलाई वित्तीय लगानीकर्ताको रुपमा प्रबर्द्धन गर्ने र क्षमता विकास तथा अनुदानका कार्यक्रम दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    प्रदेश प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्दै भने, “कृषि क्षेत्रको व्यावसायीकरणका लागि ‘एक सहकारी-एक उत्पादन’ तथा सामूहिक खेती प्रणाली कार्यक्रमलाई निरन्तरता दिइनेछ । महिला सहकारी संस्थाको संस्थागत सुदृढिकरणका लागि आवश्यक सहयोग गरिनेछ । ‘एक घर-एक सदस्य’ हुने गरी सहकारी संस्था दर्ता एवम् क्षेत्र विस्तार कार्यक्रम कार्यान्वयन गरिनेछ । संस्थागत सुशासन कायम गर्दै सहकारी क्षेत्रको लगानीलाई उत्पादनशील एवम, व्यावसायिक क्षेत्रमा परिचालन गर्ने नीति लिइनेछ ।”

    सहकारी ऐन : कर्मचारी र जनप्रतिनिधीलाई सञ्चालक समितिमा बस्न निषेध

    यता, प्रदेश सरकारले सहकारी सम्बन्धि ऐन भने ल्याईसकेको छ । गत माघ ९ गतेको प्रदेशसभा बैठकले पारित गरेर प्रमाणीकरण भइसकेको ‘सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५’ अनुसार जनप्रतिनिधी र सरकारी कर्मचारी सहकारीको सञ्चालक समितिमा बस्न पाउने छैनन् ।

    ऐनमा उल्लेख भएअनुसार संघीय संसद, प्रदेश सभा, जिल्ला सभा, गाउँसभा तथा नगरसभामा निर्वाचत वा मनोनित व्यक्ति पदमा बहाल रहेको अवस्थामा सहकारीको सञ्चालक र लेखा समितिमा बस्न पाउँदैनन् । बसेको अवस्थामा यो विधेयक अनुसार तीन महिनामा राजीनामा दिनुपर्छ ।

    सार्वजनिक पदमा रहेका व्यक्तिलाई ऐनले सहकारीमा अंकुश लगाएको छ । जनप्रतिनिधीसँगै सरकारी कर्मचारी, बैंक, फाइनान्स, वित्तीय संस्थाका सञ्चालक र कर्मचारी पनि सञ्चालक समितिमा रहनेछैनन् । तर, पेशागत आधारमा गठन हुने सहकारी संस्थामा सञ्चालक हुन बाधा नपर्ने व्यवस्था ऐनमा राखिएको छ ।

    यस्तै, सञ्चालक समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ भने समितिमा २ कार्यकाल मात्र बस्न पाइनेछ । एउटै व्यक्ति एकै समयमा एउटा मात्रै सहकारीको सञ्चालक समितिमा बस्न पाउनेछ । परिवारको एकभन्दा बढि सदस्य एकै अवधिमा सञ्चालक तथा लेखा समितिको पदमा उम्मेदवार बन्न पाउनेछैन् ।बाह्रखरी डटकमको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।