• दुई महिनामै दुई लाख पर्यटक भित्रिए

    March 11, 2019     10:17 pm

    फाइल तस्बिर

    पोखरेली न्युज फागुन २७ / सन् २०१९ को दुई महिनामै २ लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् ।

    फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महिनामा एक लाख ६३ हजार ६९४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ बाह्य पर्यटक नेपाल आएका थिए ।

    नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

    फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या ९२.५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५.३ प्रतिशतले मात्रै बढेको छ ।

    युरोपियन मुलुक, बेलायत, जर्मनी र फ्रान्सबाट नेपाल आउनको सङ्ख्या क्रमशः ८.७, २७.९ र ७।६ प्रतिशतले बढेको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ ।

    सो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए ।

    गत वर्षको तुलनामा यस वर्षको दुई महिनामा ४० प्रतिशतले बाह्य पर्यटक आगमन बढेकाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन थप प्रवद्र्धनात्मक कार्यक्रम गरिने उनले बताए । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।