• कैलाली र कञ्चनपुरमा भीषण आँधीहुरी, कम्तीमा २० जना घाइते

    June 6, 2019     10:47 pm

    काठमाडौं– सुदूरपश्चिममा बिहीबार साँझ भीषण हावाहुरी अाएकाे छ । सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा अाएकाे हावाहुरीका कारण व्यापक क्षति भएको खबर छ ।

    कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा साँझ ८ बजेतिर भीषण आँधीहुरी आएको हाे ।

    आँधीहुरीबाट अहिलेसम्म कम्तीमा २० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते मध्य केहीको अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

    धनगढीमा कम्तीमा १० जना घाइते भएका छन् । सयौं घरका छानाहरु उडाएको छ । आँधीका कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । प्रभावित क्षेत्रमा उद्दारकार्य जारी रहेका छ ।
    कञ्चनपुरमा पनि हुरीको प्रभाव परेको छ । महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको छ । कञ्चनपुरमा हुरीबाट १० जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।