• पाँचथर हत्याकाण्ड : एकै जनाले ९ जनाकै हत्या गरेको प्रहरीको निष्कर्ष

    June 4, 2019     10:11 pm

    पोखरा जेठ २१/
    पाँचथरको मिक्लाजुङ, आरुबोटेमा एकै जनाले नौ जनाको हत्या गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    जेठ ६ गते दुई परिवारका ९ सदस्यको हत्या एक्लैले गरेपछि मानबहादुर माखिमले आत्महत्या गरेको प्रहरीको निचोड छ । एसएसपी उमा चतुर्वेदीको नेतृत्वमा भएको अनुसन्धानले यस्तो निचोड निकालेको हो । घटनालाई प्रहरीले नेपालको आपराधिक इतिहासमा सबैभन्दा विभत्स र डरलाग्दो घटना भएको बताएको छ।

    घटनामा बमबहादुर फियाक (७५) सहित उनकी श्रीमती पुर्सिमाया फियाक (६९), कान्छी छोरी मनकुमारी फियाक (२६), साइँली छोरीकी छोरी अर्थात् बमबहादुरकी नातिनी श्रेया फियाक (१२) को बमबहादुरको घरमा हत्या भयो भने उनको घरबाट झन्डै एक किलोमिटर दुरीमा रहेको उनका माइला ज्वाइँ धनराज शेर्मा (४१) को घरमा ५ जनाको। त्यहाँ उनीसहित श्रीमती जस्मिता फियाक (३६), छोरीहरु युहाना (१३), मुना (८) र धनराजका दाइकी छोरी इच्छा (६) को हत्या भएको थियो। धनराजका सन्तानका रुपमा दुई छोरी थिए। यस घटनापछि उनको वंशनाश भएको छ।

    स्थानीयले भने उनले एक्लै त्यतिका धेरैको हत्या छोटो समयमै गर्न नसक्ने भन्दै अन्यको पनि संलग्नता हुन सक्ने अशंका गरेका छन् । ब्युरोले हत्या प्रकरणको केन्द्रमा रहेका माखिमसँग नजिकको संगतमा रहेकाहरू घटनाका दिन कहाँ थिए भनेर पत्ता लगाउन तिनीहरूको मोबाइल लोकेसन झिकाएर अनुसन्धान गरेको थियो । तर, त्यो घटनाको दिन उसका नजिकका साथी फरक–फरक लोकेसनमा देखिएको ब्युराको एक अधिकारी बताए ।

    प्रहरीका अनुसार उनले जेठ ६ गते उनका भिनाजुसँग १० मिनेट फोनमा कुरा गरेका थिए । मोरङको लेटाङमा बस्दै आएका भिनाजुसँग उनले अस्वाभाविक कुरा गरेका थिए । उनले सोधका थिए, ‘कतार, दुबई र मुस्लिम देशहरुमा एउटै मान्छेले १०/२० जना मान्छे मार्छ अनि आफू पनि मर्छ रे । मरेपछि स्वर्गमा बास हुन्छ भन्छन् । हुन्छ कि हुँदैन होला ?’

    अस्वाभाविक कुरा गरेपछि भिनाजुले सालो मानबहादुरलाई सम्झाउदै भनेका थिए, ‘के भनेको त्यस्तो। त्यस्तो पनि कुरा गर्छन् । घरमा गएर बस ।’ प्रहरीका अनुसार भिनाजुसँग फोनमा गरेको अस्वाभाविक कुराकानी नै घटनाको संकेत थियो ।

    घटनामा मारिएका धेरैजसो प्रतिकार गर्न सक्ने उमेरका नरहेको र सुरुमै साढुदाइको हत्या गरेपछि उसले अरूको हत्या गरेको अनुसन्धान देखाएको छ ।

    साढुदाइहरू घटनाको दिन रक्सी र बंगुरको मासु खाएर राति अबेर सुतेका थिए। लगातार टाउको दुखेको भन्दै साढुदाइ धनराज सेर्माले झारफुक गर्न भन्दै झाँक्री बोलाएका थिए। राति अबेर झाँक्री घर हिँडेपछि मात्रै सेर्मा सुतेका थिए। मदिराको सुरमा रहेका कारण पनि धनराजले प्रतिकार गर्न नसकेको अनुमान गरिएको एक अनुसन्धान अधिकारीको भनाइ छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।