प्रकाश नेपाल,इलाम :
इलाममा आयोजना गरिने पाँचौँ संस्करणको माइभ्याली गोल्डकप फुटबल आगामी २६ गतेदेखि सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय टिमको समेत सहभागिता हुने यस प्रतियोगिताले ठूलो उत्साह ल्याए पनि व्यवस्थित रंगशाला नहुँदा भने खेलप्रेमीलाई निराश बनाएको छ ।
इलाममा आयोजना हुने खेलको एउटा बृहत् प्रतिस्पर्धा हो माइभ्याली गोल्डकप ।
प्रतियोगिता सुरु हुन केही दिनमात्र बाँकी छ र खेलप्रेमीका लागि ठूलो चासोका रुपमा यस प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ ।
फुटबलप्रेमीहरुको ठूलो जमात भएको इलाममा सुविधायुक्त रंगशालाको अभाव भने टड्कारो रुपमा देखा परेको छ ।
राणा शासनकालमै निर्माण भएको इलाम बजारको तल्लो भागमा अवस्थित टुँडिखेलले खेलका सयौँ प्रतिभाहरु उजागर गरायो तर मैदानको मुहार फेरिन सकेको छैन ।
विसंं १९३९ तिर श्रीनाथ पल्टनले गोरु नारेर मैदान सम्याएको यो मैदानको स्तरोन्नतिका लािग ठोेस पहलकदमी कसैले नगरेको स्थानीय