• कास्की प्रहरी प्रमुखको स्वागत तथा विदाई

    June 4, 2019     7:19 pm

    पोखरा जेठ २१/
    जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयबाट सरुवा भई आएका प्रहरी उपरीक्षक दान बहादुर कार्कीको स्वागत तथा कास्की प्रहरी प्रमुख को कार्यकाल पुरा गरी प्रहरी प्रधान कार्यालयमा सरुवा भई जान लागेका प्रहरी उपरीक्षक ओम बहादुर रानाको बिदाई गरिएको थियो ।

    सामुदायिक सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी ,लेखनाथ ,कालिका र हेम्जाको आयोजनामा आफ्नो १३ महिने कास्कीको कार्यकालको पुरा गरि सरुवा भई जान लागेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले आफु नया कार्य क्षेत्रमा जान लागे पनी पोखराका जनताको माया र साथ सधै सम्झीरहने बताउनु भयो ।

    आम कास्कीको नागरीकहरुको साथ र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएको बताउदै पछिल्लो समय प्रविधीको विकासका कारण समाजमा अपराधका घटना बढदै गईरहेको कास्की जिल्ला आफैमा प्रदेश राजधानी र पर्यटनको केन्द्र समेत भएकोले सुरक्षाका दृष्टीकोणले महत्वपुर्ण भएको भन्दै प्रविधीको विकास संगै बढदै गएको सामाजिक अपराध नियन्त्रण प्रमुख चुनौती बनेको उल्लेख गरेका थिए ।

    कास्कीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले प्रहरी सफल हुन विना बर्दीका नागरीकहरुको महत्वपुर्ण भुमिका हुने अपराध नियन्त्रण प्रहरीको मात्र एकल विषय नभएको प्रहरीलाई नागरीक समाजको निरन्तर सहयोग चाहिने आफु भर्खर मात्र कास्कीमा आएकोले अघिल्ला प्रहरी नेतृत्व ले अघि सारेका राम्रा कामलाई निरन्तरता दिदै प्रहरी संगठनलाई भरोसायोग्य बनाउन लागी पर्ने बताउनु भयो ।

    सामुदायिक सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका कार्यबहाक अध्यक्ष बोधराज कार्कीले कास्कीमा प्रहरी उपरीक्षक ओम बहादुर रानाको कार्यकाल सफलता पुर्वक वितेको बताउदै नया प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कार्यकाल पनि सफल हुने विश्वास व्याक्त गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र क्रियाकलापहरुमा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा कास्कीका क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी ,लेखनाथ ,कालिका र हेम्जा को सहयोग र साथ सधै रहिरहने बताए ।

    कार्यबहाक अध्यक्ष बोधराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली,नि.वर्तमान अध्यक्ष बिष्णु बहादुर भट्टराई , प्रथम उपाध्यक्ष भिम पराजुली ,द्धितिय उपाध्यक्ष दया बराल, सह( कोषाध्यक्ष दान बहादुर बस्नेत र कार्यसमिति सदस्यहरु,सल्लाकारहरु ,सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक अध्यक्ष जयराम अधिकारी, बैदामका उपाध्यक्ष हरिराज पहारी , बगरका अध्यक्ष मनपति भण्डारी,माटेपानीका अध्यक्ष कृष्ण प्रसाद आचार्य , लेखनाथका अध्यक्ष रमेश ओझा ,कालिकाका अध्यक्ष हुमनाथ अधिकारी र हेम्जाका अध्यक्ष बिष्णु बास्तोला लगायत संस्थाका पदाधिकारी एव कार्यसमितिहरु र कार्यरत प्रहरी कर्मचारीहरुको सहभागीतामा रहेको कार्यक्रमको संचालन महासचिव उत्तम जोशीले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।