• अमेरिका भिसा आवेदकले सामाजिक सञ्जालकाे विवरण बुझाउनुपर्ने

    June 2, 2019     9:34 pm

    अमेरिकाका लागि भिसा आवेदन दिनेहरूले अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरण बुझाउनुपर्ने भएको छ।

    अमेरिकी विदेश मन्त्रालयको नयाँ नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।

    तर यो नियम कुटनीतिज्ञहरुका लागि भने लागू हुनेछैन। तर, अमेरिकामा काम गर्न वा अध्ययन गर्न जानेहरूले चाहिँ सामाजिक सन्जालका विवरण बुझाउनुपर्ने जनाइएको छ। सुरक्षाका लागि यस्तो नियम लागू गर्नुपरेको विदेश मन्त्रालयले जनाएको छ।

    यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो। अब आवेदकहरूले एउटा सूचीमा समेटिएका सामाजिक सञ्जालमा रहेका खाताका नामहरू दिनुपर्ने हुन्छ। साथै सूचीमा नसमेटिएका अरू ठाउँमा रहेका खाताबारे पनि स्वेच्छिक रूपमा जानकारी गराउनुपर्ने हुन्छ। सामाजिक सञ्जालको प्रयोगबारे गलत जानकारी दिनेहरूले आप्रवासनसम्बन्धी गम्भीर परिणामू भोग्नुपर्ने जनाइएको छ।

    ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलोपटक स्ता नीतिबारे प्रस्ताव गरेको थियो। सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रचार अभियानका क्रममा डोनाल्ड ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने बताएका थिए। पदमा आउनुअघि र पद सम्हालेपछि उनले आप्रवासीमाथि कठोर जाँच गरिनुपर्ने बताएका थिए। बीबीसीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।