• गण्डकी प्रदेशमा भोलि देखि पानी मुल्य घटने

    June 2, 2019     6:11 pm

    पोखरा, १९ जेठ । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ ।

    वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष युदनाथ अधिकारीले जानकारी दिनु भयो ।

    अधिकारीले पहिले जारको मुल्य बजारमा ७० रुपैया भएकोमा अव देखि ६० रुपैया र एक लिटर बोटल पानीको मुल्य २५ बाट घटाएर २० रुपैया कायम गरिएको बताउनु भयो ।

    विदेशबाट समेत पानी आयत हुन थालेपछि देशको ठुलो रकम बाहिरीएको हुदा मुल्य घटाइएको संयोजक प्रेम क्षेत्रीले जानकारी दिनु भएको छ । नेपाल खानेपानी सस्थानले वितरण गरेको पोखराको खानेपानी सोझै पिउन सक्ने अवस्था नभएपछि हिजो आज पोखरामा जार र बोटलको पानीको माग बढ्दो रहेको छ ।

    नेपालको पानी गुणस्तरीय भएकोले विदेशबाट पानी आयत गर्न आबश्यक नरहेकोे नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले जनाएको छ । हिमालको पानी नेपालबाट विदेश निर्यात गर्न सरकारपनि लागि रहेको सन्दर्भम स्वदेशकै पानी प्रयोगमा गर्नुपर्नेमा संघले जोड दिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।