• ओम डेभलपमेन्ट बैंकले सुरक्षित जीवन बचत खाता खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना विमा गर्ने

    March 11, 2019     8:33 am

    काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेड र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदानप्रदान गर्ने सम्बन्धमा सहमति भएको छ । 

    सहमतिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका छन् ।

    सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन बचत खाता“ खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनीमार्फत हुनेछ । 

    त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोकेबमोजिमकोे रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यसअन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ ।

    साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    -bizshala

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।