• पोउवा संघमा नेतृत्व विकास तालीम तथा वार्षिक कार्ययोजना गोष्ठी

    June 1, 2019     10:23 pm

    पोखरा १८ जेठ । पोखरा उद्योग वाणिज्य संघले आफ्ना पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नेतृत्व विकास एवं संघ व्यवस्थापनको लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

    शुक्रबार सुरु भएको गोष्ठीमा संघका अध्यक्ष दामु अधिकारीसहित पूर्वअध्यक्ष, पदाधिकारी र कार्यसमितिका सदस्यहरु सहभागि रहनु भएको छ । कार्यशाला गोष्ठीको दोस्रो सत्रमा संघको आर्थिक वर्ष २०७६÷०७७ को कार्ययोजना तर्जुमा समेत गरिने संघका महासचिव अर्जुन पोखरेलले बताउनुभयो ।


    गोष्ठीको औपचारिक सुरुवात गर्दै संघका अध्यक्ष दामु अधिकारीले संघलाई अझ बढी सदस्यमैत्री बनाउन यो गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले संघको नेतृत्व दिँदा नै आफूले पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धिको विषयलाई प्राथमिकता दिएको स्मरण व्यक्तिको क्षमता बढ्ने आशा व्यक्त गर्नुभयो ।

    उहाँले कार्ययोजना तर्जुमा गर्दा संघका सदस्यहरुको आवश्यकतालाई केन्द्रमा राखिने बताउनुभयो ।


    कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले गोष्ठीले व्यक्तिको क्षमता बृद्धिसँगै उद्योगी÷व्यवसायीहरुको पीर–मर्का समाधानमा पनि सहयोग पु¥याउने आशा व्यक्त गर्नुभयो । गोष्ठीका प्रशिक्षक उज्वल झालाई गोष्ठी संचालनको आग्रह गर्दै उहाँले आर्थिक वर्ष २०७६÷०७७ को कार्ययोजना निर्माणसँगै संघ आउँदा दिनमा अझ बढी प्रबिधिमैत्री हुने बताउनुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।