• वर्षातलाई निम्ता, प्रिमनसुन सक्रिय

    June 1, 2019     7:36 am



    पोखरा जेठ १८ ।


    केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ ।



    तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्केत भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए । “बङ्गालको खाडीबाट दक्षिणपूर्वी वायु नेपालमा बग्न थालेको छ,” उनले भने, “यसले गर्दा केही दिन नबिराई पानी पर्नेछ ।” त्यो गह्रौँ आद्रतासहितको वायु वायुमण्डलको उच्च तहमा भने पुगेको अवस्था हैन ।  

    तल्लो सतहमा मात्र रहेकाले स्थानीय वायुको असरमा पानी परिरहेको उनी बताउँछन् । यसकै असरका कारण पूर्वी भेग, मध्यपहाडी भेग र तराईका भेगमा मेघगर्जनसहित रोकिँदै पानी पर्दै गर्ने अर्यालले जानकारी दिए । 

    पश्चिममा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पानी पर्ने उनले उल्लेख गरे । उनले भने झै विगत केही दिनयता बिहान घाम लाग्ने अपराह्व हावा, हुरी र असिनासहित पानी पर्ने क्रम चलिरहेको छ । 

    यसरी प्रिमनसुन सक्रिय हुनुमा तापक्रमको वृद्धिले स्थानीय वायुको विकास हुनु कारक रहेको जल तथा मौसम विज्ञान विभाग स्थित मौसमविद् प्रतिभा मानन्धर बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 





    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।