पोखरा १७ जेठ । खेलकुदको तथ्यांक केलाउँने संस्था ओप्टाले बिहीबारबाट शुरु भएको एकदिवसीय क्रिकेट विश्वकप भारतले जित्ने सम्भावना देखाएको छ।
२०१५ को विश्वकप पछि प्रत्येक टोलीको ब्याटिङ र बलिङ स्ट्रेन्थ र खेल भएको स्थानको अध्ययनपछि उक्त नतिजामा पुगेको ओप्टाले जनाएको छ। ओप्टाको अध्ययन बीबीसी जस्ता सञ्चारमाध्यमले समेत प्रयोग गर्छन्।
यो पनि: विश्वकपमा इंग्ल्याण्डको शानदार सुरुवात
जसअनुसार भारतले विश्वकप जित्ने सम्भावना २५ प्रतिशत छ। भारत ब्याटिङ र बलिङ दुबै क्षेत्रमा उत्तिकै शशक्त देखिएको छ। अध्ययनले समूहचरणमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेपनि विश्वकप जित्ने सम्भावना भारतको देखाएको हो।
भारतलाई आयोजक इंग्ल्याण्ड चुनौती दिएको छ। इंग्ल्याण्डको विश्वकप जित्ने सम्भावना भारतको भन्दा एक प्रतिशत कम अर्थात २४ प्रतिशत छ। समूह चरणमा भने इंग्ल्याण्ड पहिलो हुँदै सेमिफाइनलमा प्रवेश गर्ने अध्ययनको निष्कर्ष छ।
यस्तै विश्वकप जित्ने तेस्रो बढि सम्भावना भएको देश दक्षिण अफ्रिका हो। उसको विश्वकप जित्ने सम्भावना १७ प्रतिशत छ। साविकको विजेता अष्ट्रेलियाको सम्भावना १६ प्रतिशत छ।
उनीहरुसँगै न्यूजिल्याण्डको ९, पाकिस्तानको ७, बंगलादेशको १, श्रीलंकाको ०.२, वेष्ट इण्डिज र अफगानिस्तानको विश्वकप जित्ने सम्भावना ०.१ प्रतिशत रहेको अध्ययनले देखाएको छ।
सेमिफाइनलमा पुग्ने टोली
एउटामात्रै समूह भएको यो विश्वकपमा दशवटा टोलीहरु एकअर्कासँग खेलेपछि अंकतालिकामा शीर्षमा रहने चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
अध्ययनले इंग्ल्याण्ड, इण्डिया, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने सम्भावनायुक्त टोलीका रुपमा देखाएको छ। इंग्ल्याण्ड र इंण्डियाको सम्भावना ७६ र ७५ प्रतिशत छ। यस्तै दक्षिण अफ्रिका र अष्ट्रेलियाको सम्भावना ६६ र ६५ प्रतिशत छ।
त्यसबाहेक सेमिफाइनलमा पुग्ने टोलीहरुको सम्भावना हेर्दा न्यूजिल्याण्ड ४८, पाकिस्तान ४३, बंगलादेश १६, श्रीलंका ५, वेष्टइण्डिज र अफगानिस्तान समान ३–३ प्रतिशत रहेको छ।ऐजेन्सी