• विश्वकप क्रिकेटमा इङ्गल्याण्डको विजयी शुरुवात, साउथ अफ्रिका माथी शानदार जित

    May 30, 2019     10:37 pm

    आइसिसी विश्वकप क्रिकेट आजबाट शुरु भएको छ । आज भएको पहिलो खेलमा आयोजक राष्ट्र इङ्गल्याण्डले विजयी शुरुवात गरेको छ । उसले साउथ अफ्रिकामाथी १०४ रनको फराकिलो अन्तरले जितेको हो । पहिले व्याटिङ्ग गरेको इङ्गल्याण्डले ८ विकेटको क्षतीमा पुरै ओभर व्याटिङ्ग गर्दै ३ सय ११ रन बनाएको थियो । साउथ अफ्रिकाले टस जितेर इङ्गल्याण्डलाई पहिले व्याटिङ्गको निम्तो दिएको थियो ।
    ३ सय १२ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका ३९.५ ओभरमा अल आउट हुँदै २ सय ७ रन मात्रै बनाएको थियो । इङ्गल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाएका थिए । यस्तै इयोन मोर्गानले ५७ तथा जेसन रोयले ५४ रन बनाएका थिए । यस्तै साउथ अफ्रिकाका लागि क्वान्टन डे ककले ६८, रासी भान डेर डुसेनले ५० तथा एण्डीले २४ रन बनाएका थिए । ओभल स्टेडियममा भएको खेलमा इङ्गल्याण्डका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।