• वर्षदिनभित्र देशभरका दश हजार स्थानमा निशुल्क वाइफाइ उपलब्ध गराउने वर्ल्डलिंकको लक्ष्य

    March 11, 2019     8:14 am

    काठमाडौं, २६ फागुन ।

    इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. ले आफ्ना सेवा सुविधा सम्बन्धी भइरहेका कार्य र आगामी योजनाहरुबारे जानकारी दिएको छ । वर्ल्डलिंकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि कम्पनीका उपलब्धी र कार्ययोजना बारे जानकारी दिएकाे हाे । पब्लिक वाईफाई प्रोजेक्ट, वायर म्यानेजमेण्ट प्रोजेक्ट, कर्णाली प्रोजेक्ट, इन्टरनेटसम्बन्धी संचालन गरिएका चेतनामूलक कार्यक्रम र हाल संचालनमा रहेका इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्टलगायतका विषयमा उक्त अवसरमा अवगत गराइएकाे थियाे ।

    वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल, संचालकद्धय मनोज अग्रवाल, विजय जालन र सीईओ केशव नेपालको उपस्थिति थियो । वर्ल्डलिंकले हालसम्म देशका ७० वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । सेवामा निरन्तर परिमार्जन र सुधार गर्दै वर्ल्डलिंकले हाल रु. १२५० मा गो एप, टाईम ब्याक, म्यानेज्ड वाईफाई, नेटटिभी र सेफनेट जस्ता इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट उपलब्ध गराउदै आएको कम्पनीका सीईओ केशव नेपालले जानकारी दिए ।

    कम्पनीले पब्लिक वाईफाई प्रोजेक्ट अन्तर्गत नि:शूल्क रुपमा काठमाणडाै‌ उपत्यकामा पशुपति विकास क्षेत्र, बौद्ध, शंख पार्क, बालाजु बाईसधारा, स्वयम्भु, बसन्तपुर, एयरपोर्ट उपत्यका बाहिर पोखरा र वीरगञ्ज महानगरपालिकाकाे विभिन्न सार्वजनिक स्थानमा सेवा दिँदै आइरहेको छ । भविष्यमा अझ थप स्थानहरुमा सेवा दिँदै जाने नेपालले जानकारी दिए ।

    इन्टरनेटको प्रयोग सम्बन्धी जनचेतना जगाउने उद्देश्यले वर्ल्डलिंकले हालसम्म ३९ वटा विद्यालयका २ हजार ३८ विद्यार्थीहरुलाई यससम्बन्धी ज्ञान प्रदान गरिसकेको छ । कम्पनीले आगामी महिनाभित्रमा करिब १० वटा ग्रामीण क्षेत्रमा इन्टरनेट उपलब्ध गराउनुका साथै एक वर्षभित्रमा दश हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने लगायतका थुप्रै लक्ष्य लिएको अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए ।

    कार्यक्रममा सीर्एओ नेपालले कम्पनीको सेवा सुविधा र आगामी योजना बारेमा जानकारी गराएका थिए । वर्ल्ड लि‌ँक वि‍‌ स‍‌ २०५२ सालमा स्थापना भएको हाे ।

    -रिपोर्टर नेपाल

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।