• मिस नेपाल २०१६ अस्मि श्रेष्ठले पोखरामा विद्यार्थीलाई मोटिभेट गर्ने

    May 30, 2019     6:06 pm

    पोखरा, १६ जेठ
    बैदेशिक अध्ययनका लागि पोखरामा परामर्श दिंदै आएको नेपकम्स सर्भिसेजले पोखरामा विद्यार्थी लक्षित एजुकेशन एण्ड करियर काउन्सिलिङ्ग कार्यक्रम गर्ने भएको छ । जेठ १७ गते शुक्रवार चिप्लेढुङ्गाको दि भिलेज रेष्टुरेण्ट एण्ड पार्टी होममा हुने कार्यक्रममा विद्यार्थीहरुको अध्ययन र करियरका विषयमा परामर्श प्रदान गरिने नेपकम्सका सन्तोष शाहीले जानकारी दिए ।


    विशेष गरि दश जोड दुइको परिक्षा दिएर बसेका विद्यार्थीहरुको अध्ययन र करियरको अन्यौलतालाई चिर्नका लागि कार्यक्रमको आयोजना गरिएको शाहीले बताए । कार्यक्रममा विद्यार्थीहरलाई मिस नेपाल वल्र्ड २०१६ अस्मि श्रेष्ठ र मोटिभेसनल स्पिकर अन्तिम गुरुङ्गले अध्ययन र करियरका बारेमा मोटिभेट गर्नेछन् । अध्ययनका लागि विदेश जान चाहने वा यहि अध्ययन गर्न चाहने दुवै वर्गले कार्यक्रममा सहभागी हुन सक्ने बताइएको छ । कार्यक्रम विहान ११ बजेबाट शुरु हुनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।