• मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली आज भारत जाँदै

    May 30, 2019     10:46 am

    पोखरा जेठ १६।
    प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदै छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जान लागेका हुन् ।

    प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

    भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ । उनीसँगै उनको मन्त्रिपरिषद्ले पनि बिहीबार नै शपथ ग्रहण गर्दै छ ।

    बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपालबाट दिल्ली ओर्लन्छन् । शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।