• युएईमा एनआरएनए भयो नेपाल एसोसिएसनको नाममा दर्ता

    March 10, 2019     10:23 pm

    पोखरेली न्युज / फाल्गुन २६ / गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा दर्ता भएको छ । एनआरएनए यूएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटी अन्तर्गत दर्ता भएको हो ।

    नेपाल एसोसिएसन नाम दिइएको उक्त संस्थाले सामाजिक, साँस्कृतिक, खेलकुद, सेवा सहयोग र मनोरञ्जनको क्षेत्रमा काम गर्ने छ । गैर आवासिय नेपाली संघ यूएईले बिगत १ वर्ष देखि नै दर्ता थालनी गरपनि संस्थाले आइतबार मात्र प्रमाण पत्र प्राप्त गरेको हो ।

    १० सदस्यीय कार्यसमिति रहेको नेपाल एसोसिएसनको अध्यक्षमा रमेश श्रेष्ठ रहेका छन भने अन्य ९ मा बोर्ड डाइरेक्टोर रहेका छन ।
    संघका अध्यक्ष रमेश श्रेष्ठले नेपाली संस्था दर्ता हुनु गौरबको कुरा भएको बताए । संस्था दर्ता भए सँगै अव यूएईमा रहेका नेपालीहरुले कानुनी रुपमा विभिन्न गतिबिधी गर्न पाउने भएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।