• बेगनास फिस फेस्टिबल जारी

    May 28, 2019     10:11 pm

    पोखरा जेठ १४ ।

    पोखरा महागनरको बेगनासतालमा जारी पाँचौ संस्करणको फिस फेस्टिबलको दोश्रो दिन मंगलबार प्रतिकुल मौसमका बाबजुद पनि दर्शकहरुको सहभागिता रह्यो ।

    फेस्टिबलमा मंगलबार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुंगाना, सुनिता नेपाली, पुजा गुरुङ्ग, मन्जु चापागाई, एक वहादुर क्षेत्री लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।

    फिस फेस्टिबलमा आज करिव २ हजार केजी माछाको कारोबार भएको प्रचार प्रसार समितिका संयोजक दामोदर भक्त थापाले जानकारी दिए ।

    उनले उद्घाटनको दिन सोमबार खराव मौसमका कारण फेस्टिबल केही प्रभावित भए पनि आज भने सुचारु रहेको बताए । उनले जेठ २० गतेसम्म आयोजना गरिएको फिस फेस्टिबलमा माछा, ताजा तरकारी, जडिवुटि सहित खानाका विभिन्न परिकारका स्टलहरु राखिएको जानकारी दिए । महोत्सव ४० हजार दर्शकले अवलोकन गर्ने र २८ लाख आम्दानी हुने लक्ष्य सहित आयोजना गरिएको थापाले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।