• पोखरामा लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ

    May 28, 2019     9:49 pm

    पाेखरा । यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् ।

    हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्स्टिच्यूट पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ परेको हो ।

    दुवै जनालाई घुस लिइसकेको अवस्थामा पोखरा महानगरपालिका–१७ ड्यामसाइडस्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।