• भारतमा नक्कली मदिरा, छ जनाको ज्यान गयो

    May 28, 2019     8:26 pm

    नयाँदिल्ली — भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

    रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको जानकारी आएको बताए । स्थानीय मिडियाले भने मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका छन् ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिइएको जानकारी दिए । सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बंगालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो ।

    भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंगाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले बर्सेनि धेरैको ज्यान जाने गरेको छ ।

    -रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।