• थमन–महेश पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

    May 27, 2019     9:47 pm

    पोखरा, जेठ १३ । थमन–महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट युवा पत्रकार त्रिभुवन पौडेल पुरस्कृत भएका छन् ।

    स्वाभीमान साप्तहिकका तत्कालिन सम्पादक थमन परियार तथा महेश पहारीको स्मृतिमा क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको सो पुरस्कार यस पटकदेखि प्रेस सङ्गठन नेपाल कास्कीले सञ्चालन गर्दै आएका हो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सह–इन्चार्ज खगराज अधिकारीले आज आयोजित एक समारोहका बीच पत्रकार पौडेललाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे । सो पुरस्कारको राशी नगद रु. २५ हजार रहेको छ ।

    पोखरा हटलाईन दैनिकका सम्पादक पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रेदश समितिका अध्यक्ष हुन् । सा् अवसरमा सह–इन्चार्ज अधिकारीले पत्रकारिता क्षेत्रलाई निष्ठा एवम् मर्यादित बनाउनका लागि सरकारले मिडिया काउन्सिल विधेयक ल्याउन लागेको बताए ।

    सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको उल्लेख गर्दै उनले पत्रकारिताको नाममा राजनीतिक नगर्न सञ्चारकर्मीहरुलाई सुझाव दिए ।
    पुरस्कार छनोट समितिका संयोजक कोमलनाथ बरालले पुरस्कारले दिवंगत पत्रकारहरुको स्मरण सहित पत्रकारिता क्षेत्रको विकासमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

    पुरस्कृत व्यक्तित्व त्रिभुवन पौडेले पुरस्कारले आफुलाई पत्रकारिता क्षेत्रमा जिम्मेवार भएर लाग्न प्रेरित गरेको बताउँदै पुरस्कारको राशी भन्दा पनि सम्मान महत्वपूर्ण हुने उल्लेख गरे ।
    थमन–महेश स्मृति पत्रकारिता पुरस्कारलाई व्यवस्थित र निरन्तरताको लागि अक्षयकोष स्थापनार्थ उनले प्राप्त पुरस्कारको रकम सोही समारोहमा कार्यक्रमको अध्यक्षता गरेका प्रेस संगठनका नेता सन्देश श्रेष्ठलाई हस्तान्तरण गरे ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयक संशोधन नभए नेपालको पत्रकारिता संकटमा पर्ने बताउँदै विधेयक फिर्ता नभएसम्म महासंघले चरणवद्ध आन्दोलन गर्ने बताए ।

    कृष्ण सेनको १६ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार सुरेश रानाभाट, संगठनका नेता माधव बराल, कृष्ण दवाडी लगायतले जनताको पक्षमा गरिने पत्रकारिताले मुलुकको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।