• महिला आर्थिक रुपमा सवल र सक्षम हुनुपर्छ उपप्रमुख गुरुङ

    May 27, 2019     8:30 pm

    पोखरा १३ जेठ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विपन्न महिलाहरुको आर्थिक अवस्थालाई माथि उठाउन उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताएकी छन् ।

    पोखरा महानगरपालिका वडा नम्वर १६ को आर्थिक सहयोगमा नमुना महिला समितिले आयोजना गरेको क्रिष्टल, मोती माला तथा चुरा बनाउने तालिमको सोमबार उद्घाटन गदै उप्रमुख गुरुङले महानगरभित्रका महिलाको जीवनस्तर माथि उठाउन आयआर्जनमा सहभागी हुनुपर्ने बताइन् । उनले महिलाहरु आयआर्जनको कार्यमा लाग्नुपर्ने बताउदै भनिन, ‘आर्थिक रुपमा महिलाहरु सवल र सक्षम नहुदाँ समस्यामा पर्ने गरेका छन, त्यसैले अव आयआर्जनमा जोडिनुपर्छ ।’

    उपप्रमुख गुरुङले महानगरले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएको बताइन् । उनले महिलाहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरिन् । तालिम लिने मात्रै नभएर व्यवसायी बन्न आग्रह गरिन् । तालिम तालिममा सिमित नहोस उनले भनिन,‘ सिपलाई व्यवहारमा उत्तानुपर्छ ।’

    वडा अध्यक्ष जीवनप्रसाद आचार्यले वडाभित्रका महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन तालिमहरु सञ्चालन गर्ने बताए । उनले वडाको विकासका लागि सवैको साथ र सहयोग आवश्यक रहेको बताउदै आर्थिक, समाजिक र विकासमा अग्रणी वडा बनाउने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गोमादेवी अधिकारी गौतम, अनेमसंघ केन्द्रीय सदस्य जानुका अधिकारी, मातृ शिशु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवाल लगायतले तालिम उपलब्धि मुलक बनाउन आग्रह गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।