• वडा नं ९ का बालबालिकाको क्षमता अभिवृद्धिका लागि २ दिने नेतृत्व विकास तालिम सम्पन्न

    May 26, 2019     10:08 pm

    पोखरा, जेष्ठ १२ ।
    बाल मैन्त्री स्थानिय शासन वडा समन्वय समिति ९ को आयोजना तथा पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा वडा नं ९ का बालबालिकाको क्षमता अभिवृद्धिका लागि २ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।


    समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति गण्डकी प्रदेशका सांसद् विन्दु कुमार थापाले बालबालिका अवस्था भनेको विभिन्न तालिमहरु लिएर बोल्ने कला र क्षमताको विकास गर्ने समय भएको बताउनुभयो । बालबालिकाको मुख्य आवश्यकता नै शिक्षा भएको र बालबालिका भविष्यका कर्णधार भएकाले शिक्षामा बढी ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

    आजका बालबालिका भविष्यमा देशकै गौरबका रुपमा प्रस्तुत हुन सक्ने भएकाले आफु भित्र भएको क्षमतालाई पहिचान गनुपर्ने उहाँले बताउनुभयो । बालमैन्त्री सहर बनाउनका निम्ति सबैको भुमिका महत्वपुर्ण रहने भएकाले विकृति र विसङ्गती हटाएर असल भावका साथ काम गर्नुपर्ने, आफ्नो ठाँउ र व्यक्तिगत तर्फबाट विकास निमार्णका लागि वडासगैं हातेमालो गरेर अघि बढ्नुपर्नेमा सांसद् थापाको जोड थियो ।


    कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले वडा न ९ लाई बालमैन्त्री वडा बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । पढाईसंगै नेतृत्व लिएर अघि बढ्यो भने भविष्यमा आजकै बालबालिकाले देश बनाउन सक्ने भन्दै उहाँले यस्ता खाले तालिममा सहयोग गर्ने सम्र्पुणलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


    कार्यक्रमका प्रशिक्षक भक्तराज रसाईलीले बालबालिकालाई राष्ट्रको मुलधार बनाउनका लागि बालबालिकाको कुरा सुन्नुपर्ने र उनीहरुका इच्छालाई बुझेर समन्यन गर्नुपर्ने बताउनुभयो । बालबालिकालाई कमजोर बन्न दिन नहुने भन्दै नेतालाई २ घन्टा गाली गर्नुको सट्टा बालबालिकालाई समय दियो भने त्यो फलदायी हुने उहाँको भनाई थियो । यसका साथै उहाँले तालिममा उपस्थित सम्पुर्णलाई शुभकामना एवं बधाई दिनुभएको थियो ।


    भावना श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा सहभागीको तर्फबाट आफ्ना भनाई राख्दै प्रशिक्षार्थी अस्मिता कार्कीले तालिममार्फत धेरै कुरा सिक्न पाएको बताउनुभयो । विगतका वर्ष भन्दा यो वर्षको तालिम अझ राम्रो भएको भन्दै तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्ने उहाँको प्रतिबद्धता थियो । यससंगै तालिमले समाजका बालबालिबालाई अगाडि बढ्न सहयोग पु¥याउछ भन्ने आशा राखेको समेत कार्कीको भनाई थियो ।


    वडा नं ९ का वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाल मञ्च ९ को समेत पुर्नगठन गरिएको छ । जसको अध्यक्षमा अस्मिता कार्की रहुनुभएको छ भने १३ सदस्यि कार्यसमिति समेत चयन गरिएको छ ।


    “सम्वृद्धिको आधार घरघरमा बालमैन्त्री व्यवहार” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ६० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो भने तालिममा सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।