दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी आकस्मिक रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन
May 26, 2019 9:51 pm
१२ जेठ पोखरा । दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आइतबार भएको आकस्मिक रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कास्किमा सबैभन्दा बढी रगत संकलन गरेर कास्किमा दारी ग्याङ परिचित रहेको छ भने जुनसुकै अबस्थामा पनि रगत चाहिएमा रगत उपलब्ध गराउदै आएकोछ।
पहिलो रक्तदाता जग्दिश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक बसन्त पहारीले बताए । पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष प्रमुख अतिथि रामराज लामिछानेले युबाहरु एक जुट भएर सामाजिक कार्यमा लाग्नु खुसिको कुरा हो अब तपाइहरु देश निर्माणमा लाग्नु पर्ने सुनाए । कार्यक्रममा दारी ग्याङ पोखराका पूर्व संयोजक शेखर गौतमले संसारमा कसलाई कहाँ कति खेर रगतको आबस्यकता पर्छ थाहा नभएको र रगत कृतिम बनाउन नसकिने भएकोले रक्तदान गर्न आग्रह गर्नुभयो , नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्र मान शाक्य, वसन्त विनोद, रञ्जन अधिकार क्षेत्री, दिवस गुरुङ लगायतले बालेका थिए ।
उक्त अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थ राज अवस्थीले ५७ औ पटक रक्तदान गरे । यस्तै वसन्त विनोदले ३७ औ पटक रक्तदान गरेका छन् । अवस्थीले स्वागत गरेको कार्यक्रममा पहिलो रक्तदाता, महिला दिदीबहिनीहरु लगायतको उल्लेखनिय सहभागिता रहेको कार्यक्रम संयोजक समेत रहेका पहारीले बताए । कार्यक्रमको सञ्चालन बिरेन्द्र पराजुली र बिक्रम पाण्डेले गरेका थिए ।