• काठमाडौं मा शृङ्खलाबद्ध बम विस्फोट : मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

    May 26, 2019     8:59 pm

    १२ जेठ । राजधानीमा आइतबार दिउँसो भएका दुई विस्फोटमा मृत्यु हुनेको संख्या चार पुगेको छ। घाइते ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
    सुकेधारा विस्फोटका घाइतेको ओम असप्तालमा उपचारका क्रममा मृत्यु भएको छ। अन्य चार घाइतेको भने चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    यस्तै अनामनगरको घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सुकेधाराको एक शैलुनमा भएको विस्फोटमा दुईजनाको घटनास्थलमै र अर्को एकको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए।

    राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट : एकको मृत्यु, पाँच घाइते
    एक प्रहरी अधिकारीका अनुसार शैलुनभित्र सिलिन्डर विस्फोट भएको अवस्थामा नदेखिएकाले अरु नै बस्तु पड्किएको शंकामा अनुसन्धान भइरहेको छ।

    घट्टेकुलोस्थित एक घरमा भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यका अनुसार उक्त विस्फोटमा एकजना घाइते भएका छन्। घाइते रवीन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्‍धानबाट घाइते केसी त्रिचन्द्र क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका इकाइ सभापति भएको खुलेको छ।

    घट्टेकुलोमा जुन घरमा विस्फोट भयो, त्यहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको प्रहरीले बताएको छ। महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएका स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन्। पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन्।

    अहिले अन्य विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। मृतकको शव क्षतविक्षत भएकाले चिन्न सक्ने अवस्थामा नरहेको जानकारी एसपी सिंहले दिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।