• घट्टेकुलोमा बम नै विस्फोट भएको प्रहरी पुष्टि, घाइते विप्लवका विद्यार्थी नेता

    May 26, 2019     6:20 pm

    १२ जेठ । काठमाडौंको घट्टेकुलोमा भएको विस्फोट बम नै भएको प्रहरीले पुष्टि गरेको छ ।

    काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले बाह्रखरीलाई दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानबाट सिलिण्डर नभइ विस्फोटक पदार्थ नै भएको पुष्टि गरे ।

    उनले विस्फोटमा परी घाइते भएका रवीन केसी विप्लव समूहका विद्यार्थी नेता भएको बताए ।

    केसी विप्लव निकट अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष पनि हुन् ।

    एसपी सिंहले भोलि विप्लव समूहले गरेको नेपाल बन्दलाई लक्षित गरेर बम बनाउँदा बनाउँदै विस्फोट भएको हुन सक्ने आशंका व्यक्त गरे । घटनास्थलबाट विप्लव समूहका विभिन्न पर्चा पनि भेटिएको छ ।बाह्रखरी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।