• नौमति जोगाउन सांगीतिक कार्यक्रम

    March 10, 2019     8:40 pm

    पोखरा, २६ फागुन ।
    परियार सेवा समाज कास्कीले आगामी चैत २३ मा ‘शुभकामना सांगीतिक कार्यक्रम’ गर्ने भएको छ । समाजले आइतबार पत्रकार सम्मेलन गरी पोखरा सभागृहमा कार्यक्रम हुने जानकारी गराएको हो ।
    नौमति एवं पञ्चैबाजा संरक्षण गर्नेे उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ । कार्यक्रममा ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहने छ । चर्चित कलाकारहरु राजु परियार, शिव परियार, प्रताप दास, जयकुमार परियार, पूर्णकला बीसी (परियार), शिवराज गौतम, पूर्ण परियार, सविना सुनाम, रतिमाया परियार, दुर्गा परियार, आयुष परियार, सरस्वती परियार, सुनिता परियार, प्रज्ज्वल भित्रकोटी, विमल परियार, रेशम निर्दोश, इश्वर सिंह, हेमा परियार, पुनम परियारले स्टेज तताउँनेछन् ।
    प्रतिभाको पहिचान, सम्मान, संरक्षण एवं प्रवद्र्धन गर्दै कलाप्रेमीको रुचीलाई ध्यानमा राख्दै यो कार्यक्रम गर्न लागिएको हो । समाजका अध्यक्ष किसन परियारले लोपोन्मुख अवस्थामा रहेको राष्ट्रको पहिचान नौमति बाजाको संरक्षण सम्बद्र्धन एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए । ‘नव प्रतिभालाई हौसला प्रदान गर्दै राष्ट्रियस्तरको कलाकारको रुपमा स्थापित गर्न सहयोग गर्नु पनि हाम्रो उद्देश्य हो,’ उनले भने, ‘प्रदेश र जिल्लाभित्र रहेका विविध सांस्कृतिक भिन्नतालाई एकरुपता दिँदै नजिक जोड्ने प्रयास हामी गर्नेछौं ।’ प्रतिष्ठाननै गठन गरेर परियार समुदायको संस्कृति संरक्षण गर्ने योजना रहेको उनले सुनाए ।
    कार्यक्रममा गायनसँगै आकर्षक नृत्यका प्रस्तुति समेत रहनेछन् । कार्यक्रम अघि अतिथी कलाकारलाई परियार समुदायको पुख्र्यौली संस्कृति नौमति तथा पञ्चैबाजाले स्वागत गरिने छ । कार्यक्रम अवधि ४ घण्टाको रहने छ । कार्यक्रममा टिकटदर १ हजार, ५ सय र ३ सय रुपैयाँ व्यवस्था गरिएको छ । कार्यक्रममा विशेष सहयोगीको रुपमा कला संगत नेपाल केन्द्रीय समिति रहेको छ ।
    परियार सेवा समाज कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर स्थापना भएको पुरानो संस्थामध्येको एक हो । २०५२ मा स्थापित भएर विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहँदै आएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।