• पोखरामा टोल–टोलमा सार्वजनिक शौचालय

    May 24, 2019     12:17 pm

    पोखरा जेठ १० ।

    पोखरा महानगरपालिकाले नगरलाई सफासुग्घर राख्ने उद्देश्यले टोलटोलमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

    पोखरामा नागरिक चाप अत्यधिक भएको स्थलमा चालू आर्थिक वर्षमा १० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य राखिएको हो ।

    महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शौचालय निर्माणका लागि १ करोड विनियोजन गरिएको र क्रमिकरूपमा नगरपालिकाको टोलटोलमा सार्वजनिक शौचालय निर्माण गरिने जानकारी गराए । पोखराको हल्लनचोक र डेभिजफल्समा पूर्ण अपाङ्गता मैत्रीसहितका शौचालय निर्माणकार्य अघि बढेको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाले जनाएको छ ।

    सोअनुरुप पोखराको वडा नम्बर ७ स्थित मालपोत, वडा नम्बर १ स्थित हरिचोक, वडा नम्बर २५ को मिलनचोक, वडा नम्बर २६ को राखीडाँडा, वडा नम्बर २८ को रत्नशोभा माविको परिसर, वडा नम्बर १८ को भकुण्डे, वडा नम्बर २१ को दोबिल्ला वनभोजस्थल र गौरीशंकर आधारभूत विद्यालयको परिसरमा आधुनिक शौचालय निर्माण गरिने सो महाशाखाले जनाएको छ ।

    यसका साथै प्रदेश सरकारले पोखराको चार ठाउँमा स्मार्ट शौचालय निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । हल्लनचोक, डेभिजफल्स, पोखरा–७ स्थित मालपोत र वडा नम्बर १ स्थित हरिचोकमा स्मार्ट शौचालय निर्माण गरिने जानकारी गराइएको छ ।

    यसैबीच, पोखरा–२१ मा सार्वजनिक शौचालय निर्माणको काम शुरू भइसकेको वडाध्यक्ष खगराज आचार्यले जानकारी गराएका छन् । यस वडाका ३१ वटै टोलमा १/१ सार्वजनिक शौचालय निर्माण गरिने लक्ष्य राखिएको उनले बताए ।

    महानगरपालिकाका विभिन्न टोलका साथै व्यस्त ठाउँमा शौचालय निर्माण भएपछि सरसफाइका साथै सर्वसाधारणले राहतको अनुभूति गर्ने विश्वास लिइएको छ ।लोकान्तर को सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।