• फेवातालको ६५ मिटर मापदण्डमा बनाइएका संरचना भत्काउन स्थानीयलाई १५ दिनको अल्टिमेटम

    May 23, 2019     11:29 pm

    पोखरा, ९ जेठ

    फेवातालको ६५ मिटर मापदण्डमा बनाइएका संरचना भत्काउन स्थानीयलाई
    पोखरा महानगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको छ ।

    महानगरले बिहीबार सूचना जारी गर्दै ६५ मिटर मापदण्ड भित्र कुनै पनि संरचना नबनाउन तथा बनेका संरचना १५ दिनभित्र हटाउन चेतावनी दिएको हो ।

    मापदण्ड भित्र रहेका संरचना हटाउन चेतावनी दिदै अटेर गरी त्यस्ता संरचना नहटाएमा महानगरले हटाउने र सो वापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख छ ।

    सर्वोच्च अदालतले संघीय सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई स्पष्ट जिम्मेवारी तोके अनुसार नै काम अगाडी बढाएको सूचनामा उल्लेख गरेको छ ।

    फेवातालको संरक्षण सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलामा पोखरा महानगरपालिकालाई तोकेको जिम्मेवारी अनुसार फेवातालको जलाधार संरक्षणको काम थालेको र मापदण्डभित्र बनेका संरचना हटाउन सूचना प्रकाशन गरिएको महानगरले जनाएको छ ।

    पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले सर्वेच्च अदालतले गरेको फैसला अनुसार तोकेको जिम्मेवारी पुरा गर्न सूचना प्रकाशित गरिएको बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।