कास्कीमा ठुलो मात्रामा लागुऔषध बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोसाकमा प्रहरी निरीक्षक सागर पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले सुचना संकलनको आधारमा पोखरा महानगरपालिका बडा नं ९ पृथ्वीचोक स्थित होटलबाट लागू औषध ओसारपोसार गरी बिक्रि बिबरण गर्ने २ महिला सहित ७ जना प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट लागू औषध बुर्फिनर्फन– ३४१ थान , डाईजापाम – ३४१ थान, फेनेरागन – ३४१ थान र नाईट्रोसन १०० चक्की सहित गरी जम्मा १२२८ थान बरामद गरी थप आबश्यक सोधपुछ तथा अनुसन्धान कार्य भईरहको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । लागुऔषधका साथ पक्राउ पर्नेहरुमा रुपन्देही रोहीणी गा.पा ७ धगधगीको रामबृक्ष कोहार, तेतरी कोहार, सोनम कोहार, पोखरा वडा नं.०१ बस्ने अनिल गुरुङ, शुक्रराज सुनार, विक्रम वि.क. र अजय गुरुङ रहेका जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ्गले जनाए ।