• तिर्खा’ मञ्चनको तयारी पुरा

    May 22, 2019     8:41 pm

    पोखरा ८ जेष्ठ ।
    पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुनेछ ।

    नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन् । जसको परिकल्पना तथा निर्देशन चे शंकरले गरेका छन् । सन् २०१२ मा इलुजन नाटकबाट निर्देशन शुरु गरेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् ।

    नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ । सिमाले सिरुमारानी पछि पुनः रंगमञ्चमा कमब्याक गरेकी हुन् ।

    नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेर समुहकाले मात्र हेर्न पाउनेछन् । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सोको रुपमा दिउँसो १ बजे समेत मञ्चन हुनेछ । स्टेज, लाइट, ड्रेसअप को राम्रो मिश्रणमा कलाकारको खारिएको अभिनयले दर्शकको मन जित्ने निर्देशक चे शंकरको विश्वास छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।