• पोउवा संघमा इजारायली राजदूत ओमर कृषि क्षेत्रमा सघाउन इजरायल तयार राजदूत ओमर

    May 21, 2019     6:32 pm

    पोखरा, ७ जेठ । नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणमा लाग्न नेपाललाई सुझाएका छन् ।


    उनले २० लाख पर्यटक भित्र्याउने योजना महत्वाकांक्षी भएको बताउँदै राम्रा पर्यटकीय पूर्वाधारले मात्र पर्यटक आकर्षित हुने र उनीहरुको बसाई बढ्ने धारणा प िव्यक्त गरेका छन् ।

    राजदूत ओमर पोखरा उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको नेपाल र इजरायलबीचको व्यवसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा बोल्दै थिए ।

    उनले इजरायलमा गतवर्ष मात्र करिब २१ लाख पर्यटकहरुले भ्रमण गरेको जानकारी दिँदै नेपालमा ठूलो पर्यटकीय सम्भावना भएको उल्लेख गरे ।
    अर्को प्रसंगमा उनले इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले लाभ लिनसक्ने बताए ।

    भारतमा इजरायलले अपनाएको आधुनिक कृषि प्रणालीको अनुशरण गर्दै तालीम केन्द्र नै बनेको प्रसंग निकाल्दै उनले भने,‘ नेपालले आवश्यक ठानेमा हामी यहाँ पनि त्यस्तो तालीम केन्द्र निर्माणको लागि सहयोग गर्न सक्छौँ ।

    ’उनले साना किसान बैंकमार्फत हरेक वर्ष ५ सयको हाराहारीमा नेपालीहरु कृषिबारे सिक्न इजरायल जाने गरेको बताउँदै त्यहाँबाट फर्केकाहरुले कृषि क्षेत्रमा गरेको प्रगति लोभलाग्दो भएको बताए ।


    ‘तपाईँहरु हेरेर नै विश्वास गर्न सक्नुहुन्छ’, उनले भने,‘हाम्रो देशको ठूलो रकम सुरक्षामा खर्च हुन्छ, त्यसले गर्दा हामीले प्रविधि विकासमा जोड दियौँ र सानो ठाउँबाट धेरै उत्पादन गर्न सक्ने भयौँ ।’ उनले नेपाली अर्थतन्त्र उकास्न कृषिमा आधुनिकीकरण महत्वपूर्ण हुने सुझाव पनि दिए ।

    राजदूत ओमरले संसारभर व्यापारको भाषा एउटै हुन्छ भन्दै पोखरा र इजरायलका व्यवसायीहरुबीच सहकार्यको क्षेत्र खोज्ने आश्वासन पनि दिए ।


    कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको कार्यकाल अर्थात सन् १ जुन १९६० बाट सुरु भएको नपाल र इजरायलबीचको सम्बन्ध ऐतिहासिक भएको बताए ।


    कार्यबाहक अध्यक्ष कोइरालाले इजरायलको कृषि र घरेलु क्षेत्रमा काम गरेका नेपालीहरुले त्यहाँबाट फर्केपछि गरेको उन्नतिको चर्चा गर्दै इजरायलको थोपा सिंचाईको प्रयोग, उत्पादकत्व बढाउन प्रयोग गरिने आधुनिक प्रबिधि तथा कठिन श्रमको समिश्रण अनुकरणीय भएको बताए ।

    उनले इजरायलको अन्तर्राष्ट्रिय सहयोग नियोग ९ मसाभ०ले मानव संशाधन विकास,कृषि, चिकित्साशास्त्र,स्वास्थ्य, नविकरणीय उर्जा,वातारण सरसफाई र संरक्षणको क्षेत्रमा दिएको योगदानको पनि स्मरण गरे । नेपालको पर्यटन क्षेत्रमा इजरायली पर्यटकहरुको ठूलो योगदान रहेको बताउँदै उनले भने,‘नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यहाँबाछ हामीले सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ ।

    ’उनले नेपालबाट अहिले निर्यात हुँदै गरेका जुट, गलैँचा, जुस, तरकारीजन्य उत्पादन,सूर्तिजन्य उत्पादनहरुको ब्यापार प्रवद्र्धनमा सघाउने आग्रह गर्दै निकासीजन्य बस्तु उत्पादनको क्षेत्रमा संयुक्त लगानीको आह्वान पनि गरे ।


    कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले सानो देश भए पनि इजरायलले गरेको आर्थिक उन्नति सबैको लागि अनुकरणीय भएको बताए । उनले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यावसायिकरणमा जोड दिँदै आएको पोखरा उद्योग वाणिज्य संघ कृषि क्षेत्रमा इजरायलसँग साझेदारी गर्न तयार रहेको उल्लेख गरे ।


    कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले राजदूतको पोखरा भ्रमणसँगै पोखरा उद्योग वाणिज्य संघ र इजरायलबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

    पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य किर्तिबल्लभ त्रिपाठीले साहशिक पर्यटनमा रमाउने इजरायलीहरुलाई नेपालमा पर्यटनका अन्य गतिबिधि पनि हुन्छन् भन्ने सन्देश प्रवाह गर्न राजदूतसँग आग्रह गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।