• भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते विप्लवका कार्यकर्ताको मृत्यु

    May 22, 2019     1:19 pm

    जेठ ८ ।

    भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

    भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो ।

    मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् ।

    जङ्गलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो ।

    प्रहरीका अनुसार जङ्गलमा पुगेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो ।

    जवाफी फायरका क्रममा घिमिरे घाइते भएका थिए ।

    घाइते बनेका घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा उपचार गराउने क्रममा आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका भोजपुरका प्रहरी निरिक्षक प्रनव कुमार राजवंशीले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।