• पाँचथरमा एकै परिवारका ९ जनाको हत्या

    May 21, 2019     9:46 am


     ०७ जेठ ।पोखरा । पाँचथरको मिक्लाजुङमा गएराति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक(लिम्बु)र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलले जानकारी दिएका छन् । 

    प्रहरी निरीक्षक पौडेलकाअनुसार मारिनेमा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया एक्सा शेर्मा, ३६ वर्षीया जसिता फियाक, २६ वर्षीया मनकुमारी फियाक रहेका छन् ।  त्यसैगरी ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हाे । 

    १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । मुकुन्डो लगाएका हतियारधारीले आक्रमण गरेको सीताले बताएको प्रहरीले जानकारी दिएको छ । उनी गम्भीर घाइते छिन् । 

    घटनामा बमबहादुर फियाकका ४ जना र ज्वाइँ धनराज शेर्माको परिवारका ५ को हत्या भएको प्रहरीले जनाएको छ ।  धनराजको परिवारका ५ जनाको शव घरभित्रै तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र  र बाहिर विभत्स अवस्था भेटिएको  वडाध्यक्ष हस्तराज फियाकले बताए । 

    राति घटना घटेपनि स्थानीयले बिहान मात्रै थाहा पाएका थिए ।  घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थलतर्फ लागेको छ ।

     घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको भनाई छ । 


















    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।