पोखरा जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन्।
नेपाल टेलिकमले यो योजना अघि बढाएको हो। मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधि पहुँचमा जोड्न यो योजना सुरु गरिएको हो। यो योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गरिनेछ।
नेपाल टेलिकमले पूर्वमा पाचँथरको चिवाभञ्ज्याङदेखि मध्यमा गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको टेलिकमले जानकारी दिएको छ।
अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने पनि टेलिकमले जानकारी दिएको छ।