• फिर्केमा डोजर नचलाउन महानगरलाई अन्तरिम आदेश

    May 20, 2019     6:43 pm

    फोटो : गुगल

    पोखरा जेठ ६ ।
    पोखराको मध्य भागमा रहेका फिर्के, बुलौदी र बंग्लादी खोल्सा वरीपरी डोजर नचलाउन उच्च अदालत पोखराबाट पोखरा महानगरपालिकालाई सोमबार उत्प्रेषण मिश्रित परमादेशको अन्तरीम आदेश जारी गरेको छ ।

    अदालतको आदेशमा भनिएको छ ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने हो ? जारी गर्नु नपर्ने कानूनसम्मत आधार र कारण भए सो समेत खुलाई १५ दिन भित्र लिखित जवाफ पेस गर्नु’ ।

    पोखरा महानगरपलिकाले फिर्के खोल्सा र सेती नदीको मापदण्ड गलत नियतले फरक गरेको भन्दै २०७६ जेठ ५ गते फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायण विक्रम शाही, मधुसुधन कोईराला, प्रकाश कोईराला, सरिता देवकोटा लगाएतले उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेका थिए ।

    सो मुद्धामा माननीय न्यायाधिश जगतप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाई हुँदा पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश गर्दै दुवै पक्ष विच छलफल गर्नुपर्ने देखिएकाले जेठ १३ गते सम्म निवेदकहरुको घरजग्गामा तत्काल डोजर लगाउने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा आदेश जारी गरेकोे हो ।

    सरोकार समितिको तर्पmबाट अधिवक्ता हिमलाल पराजुलीले वहस गरेका फिर्के संरक्षण तथा मापदण्ड सरोकार समिति कास्कीका सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) ले वताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।