• के तपाइ धेरै खर्चालु हुनुहुन्छ ? यी उपायहरु अपनाउनुस्, पैसा जोगिन्छ

    May 18, 2019     7:55 pm

    पोखरा ४ जेठ /
    काठमाडौं-दैनिक जीवनमा हामीले जानी-नजानी खर्च गरिरहेका हुन्छौ।तर हामीले विचार नगरीकन नै खर्च गरिरहेका हुन्छौ।

    जब हामीसँग भएको पैसा सकिन्छ अनि मात्र सोच्ने गर्छौ कि मैले किनेको सामान मलाई त्यति आवश्यकता नै थिएन।बरु मैले त्यो पैसा बचत गरेको भए हुन्यो भनेर पछुताउछौ। कतिपयलाई बचत कसरी गर्ने भन्‍ने चिन्ताले सताइरहेको हुन्छ।

    मानिसहरुले पैसा विभिन्‍न तरिकाले कमाइ रहेका हुन्छन्। कोही व्यापार व्यवसाय गर्छन् भने कोही जागिर।तर महिना नसकिदै तलबको अंशवण्डा भैसकेको हुन्छ।अनावश्यक कुरामा खर्च नगरेर चाहिने कुरामा मात्र खर्च गर्ने बानीले बचत गर्नमा ठूलो मद्दत पुग्छ।

    बचत गरेर मात्र भएन। बचत गरेको पैसालाई सही ठाउँमा लगानी गर्न पनि जरुरी छ। चार्ली थोमस मुङगरले भनेका छन् ‘जति तिमी कमाउँछौ त्यो भन्दा कम खर्च गर र त्यसलाई बचत गर सो बतत गरेको पैसालाई अन्य काममा लगानी गर त्यसो गर्यौ भने तिमीलाई धनी हुनबाट कसैले रोक्न सक्दैन।

    कमाएको भन्दा कम खर्च गर्ने र बचत गर्ने बचत गरेको पैसालाई सही ठाँउमा लगानी गर्नपर्छ। धनी धेरै कमाएर मात्र हुदैनन्। धनी बचत गरेर हुन्छन्।
    हामीले जति सक्यो छिटो बचत गर्नुपर्छ।

    बचत गर्नलाई धेरै आम्दानी वा धेरै पैसा चाहिन्छ भन्‍ने पनि छैन। थोरै पैसाबाट बचतको सुरुवात गर्न सकिन्छ। ‘थोपा-थोपा मिलेर समुन्द्र बन्छ भने झै’ थोरै-थोरै बचतको बानीले पछि धेरै बचत गर्ने बानीको विकास हुन्छ।

    हाम्रो सबैभन्दा ठूलो गल्ती के हो भने तलब आउनुभन्दा पहिला नै खर्चका बारेमा सोच्छौ र खर्च गछौ पनि तर बचतको बारेमा सोच्दैनौ। खर्च गरिसकेपछि बचेको पैसा बचत गर्न खोज्छौ जुन सम्भव छैन।

    तलबको १० प्रतिशत बचत गरेर ९० प्रतिशत खर्च गर्ने जसले घर खर्च पनि चल्छ र बचत पनि हुन्छ। यस्तो गर्न केही समय हसहज भए पनि विस्तारै बानि बस्छ।

    हाम्रो दिमागमा धेरै शक्ति हुन्छ। यसलाई हामीले जति ओझेलमा पारे पनि त्यसबाट बाहिर निस्कने बाटो बनाइ हाल्छ।

    त्यसैले आफ्नो दिमागलाई अनावश्यक खर्च गर्न रोक्नका लागि कुनै पनि वस्तु गरिद गर्दा १० सेकेण्ड सोच्ने यो वस्तुको मलाई कति आवश्यक छ या छैन। सो १० सेकेण्डले तपाईलाई सही निर्णय लिन मद्दत गर्छ।ऐजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।