• पाँच पत्रकार संगठनद्वारा काउन्सिल विधेयककाे विराेध

    May 18, 2019     7:06 pm

    पोखरा ४ जेठ / सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयकको विरुद्धमा पाँच पत्रकार संगठन एक ठाउँमा उभिएका छन् ।

    उनीहरुले संयुक्त पत्रकार संघर्ष समिति बनाएर सो विधेयक विरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने बताएका छन् ।

    क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, जनपत्रकार संगठन, नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार नेपाल एक ठाउँ उभिएका हुन् । शनिबार काठमाडौंमा गरिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरुले विधेयकको विरोध गरेका हुन् ।

    कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले मिडिया काउन्सिल विधेयक दुई करोड ८६ लाख जनतासँग सम्बन्धित विधेयक भएको बताउँदै मानवअधिकार आयोगलाई खुम्च्याउने गरी विधेयक आएकाले यो देश कता जाँदै छ भन्ने प्रश्न उठेको बताए ।

    उनले हिजो द्वन्द्वका बेला जंगलजंगलमा प्रचण्डलगायत नेताको अन्तर्वार्ता लिन लुकीलुकी जानुपर्ने जस्तो अवस्था अहिले पनि सिर्जना गर्न खोजेको बताए । उनले अहिले काठमाडौंका गल्लीमा हिँड्न पनि पत्रकारले लुकीलुकी हिँड्नुपर्ने अवस्था आएको बताए ।

    कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही दिनअघि प्रहरीले हिरासतमा लिएका जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य जितेन्द्र महर्जनलाई खादा लगाएर सम्मान गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।