पोखरा ४। सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट गरिएको छ । शुक्रबार राति सवा १२ बजे गोइतको घरमा प्रेसर कुकर बम बिष्फोट गराइएको हो ।
अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरमा घरमा बिष्फोट भएको हो।बमका छर्रा लागेर अध्यक्षका गोइतका ५६ वर्षीय काका समानन्द गोइत घाइते भएका छन्। बिष्फोटबाट घरमा क्षति पुगेको र केही कुर्सीहरु भाँचिएको अध्यक्ष गोइतले बताए।
बिष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। आफूलाई लक्षित गरेर बिष्फोट गराएको हुनसक्ने अध्यक्ष गोइतको भनाइ छ। उनी तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा निर्वाचित भएका हुन।
बम बिष्फोटनको जिम्मा जनतान्त्रिक तराइ मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ । माेर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले बिज्ञप्ति जारी गर्दैतराइमा भ्रष्टाचार बिरोधी अभियान अन्तरगत कारवाही स्वरुप गाउँपालिका अध्यक्ष गोइतको घरमा बिष्फोट गरिएकोजनाएका छन्।
बिज्ञप्तिमा भ्रष्टाचार जारी रहे अझै यो भन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ ।