• २५६३ औं बुद्ध जयन्तीको भव्य तयारी, राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

    May 18, 2019     7:49 am

    वुटवल– २५६३ औं बुद्ध जयन्ती शनिबार बुद्धधर्मप्रति आस्था राख्नेहरुले विभिन्न ठाउँमा कार्यक्रम गरी मनाउँदै छन् । शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ । लुम्बिनी भ्रमण बर्ष उद्घाटन कार्यक्रमका लागि बिशेष तयारी पुरा गरिएको लूम्बिनी विकास कोषका नि.सदस्य सचिव सरोज भट्टराई बताए । त्यसअवसरमा आजदेखि लुम्बिनीमा विशेष कार्यक्रमहरु शुरु गरिएको छ ।

    सरसफाई रंगरोगन लगायतका कार्यहरु सम्पन्न भइसकेका छन् । मायादेवी मन्दिरमा आजदेखि ३ दिनसम्म विशेष पुजा गरिँदै छ । त्यस्तै लुम्बिनीस्थित विभिन्न बिहारहरुमा पनि बौद्ध भजन तथा प्रवचन सुरु भएका छन् ।

    के–के छन् कार्यक्रम ?
    बुद्धजयन्तीका अवसरमा हुने भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यmम रहेको छ । राष्ट्रपति भण्डारी शनिबार बिहान लुम्बिनी आउने छिन् भने प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवारनै लुम्बिनी पुगेका छन् । प्रधानमन्त्री ओलीले राजा शुद्धोधनको दरबार रहेको कपिलवस्तु तिलौराकोट दरबार क्षेत्र अवलोकन गरेका छन् ।

    बुद्धजयन्ती र लुम्बिनी भ्रमण वर्ष उद्घाटनको अघिल्लिो दिन लुम्बिनीमा सुजाता खीर उत्सव शुरु भएको छ । लुम्बिनीमा रहेका दुई सय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खुवाइएको छ ।

    बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा फहराइरहेको छ भने शनिबार लुम्बिनीमा प्रधानमन्त्री ओलीले फलफुलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।
    जेठ ५ गते मायादेवी प्रसुति उत्सव मनाउने कार्यक्रम छ । यसका लागि देवदह र रामग्रामबाट दुईवटा टोली लुम्बिनी आउनेछ । त्यसपछि लुम्बिनीबाट संयुक्त टोली बनेर मायादेवीको भेषमा एक महिलाले शिशु बुद्धको प्रतिक लिएर सयौंको संख्यामा बाजागाजा र झाँकीसहित कपिलवस्तुतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहित एउटा टोली सुत्केरीलाई उपहार लिएर आउने छ । दुबै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्ष बढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ ।


    लुम्बिनी भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

    -Ratopati

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।