• युइएमा नेपथ्यको लाइभ कन्सर्ट

    March 10, 2019     11:42 am

    युएईमा नेपथ्यले दोस्रोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । २०७२ को भूकम्पलगत्तै नेपथ्यले गरेको यहाँको पहिलो यात्रा भिन्न थियो । मुलुक भूकम्पको पीडामा तडपिरहेका बेला ब्यान्डले ‘राष्ट्रिय सन्तापको संगीत’ का रूपमा कन्सर्ट गर्दै त्यति बेला उठेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरेको थियो । ‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरी यसपटक हामी फेरि पूरै जोस र जाँगरका साथ दुबई आउँदै छौं,’ ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले विज्ञप्तिमार्फत भने, ‘श्रोता दर्शकलाई नचाउने रमाइलागीत यसपटक प्राथमिकतामापरेका छन् । खाडी राष्ट्रमध्ये साउदी अरब र कतारपछिको उल्लेख्य नेपाली कामदार संख्या रहेको मानिन्छ युएई । घरपरिवारबाट टाढा रहेका उनीहरू त्यहाँ पुग्दा पनि नेपालीपनको स्वादमै रमाएर बाँचेका छन् । रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रमै महत्त्वपूर्ण योगदान दिने ती तन्नेरीहरूका सामु ब्यान्डलाई पूरै क्षमतामा प्रस्तुत गर्ने धेरै पहिलेदेखिको योजना बल्ल पूरा हुन लागेको गुरुङले दाबीगरेका छन् । ‘यसअघिको कन्सर्ट शोकमा डुबेको बेला थियो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तैपनि झन्डै दुई हजार दर्शकको उपस्थितिले हामी हौसियौं । यसपटक मन फुकाएर खुसीले गाउने छौं । झन् धेरै दर्शकको साथ मिल्नेछ भन्ने आशा छ ।’ नयाँ रेकर्डिङ भएको गीत ‘कोसीको पानी यो जिन्दगानी…’को म्युजिक भिडियो दुबईमै छायांकन गरिएको जनाउँदै दुबईका नेपालीसित नेपथ्यको भिन्न साइनो रहेको गुरुङले बताएका छन् । दुबईमै बसोबास गर्दै आएका तन्नेरीहरूको जमातले गरेको कन्सर्टमा सँधैजस्तै अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने विज्ञिप्तमा जनाइएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।