• ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकबीच मर्जर सम्झौता

    May 16, 2019     11:50 pm

    पोखरा, २ जेठ ।

    ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्जरमा जाने भएका छन् । ३ महिनाभित्र बैंकलाई एक आपसमा गाभ्ने निर्णयसहित दुवै बैंकले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    ओमको तर्फबाट अध्यक्ष सुशील गोशेली र एनएमबीको तर्फबाट अध्यक्ष पवन गोल्यानले सम्झौता पत्रमा हस्ताक्षर गरेको ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । मर्जरसँगै बैंकको पुँजी १२ अर्ब रुपैयाँ पुग्नेछ । ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सिल बैंकले एक्युजिसन (प्राप्ती) गर्ने गत वर्षको सहमति सफल नभएपछि ओम बैंकले मर्जरको विकल्प खुल्ला राखेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।