• प्रेसमाथि लगाएको अंकुश बिरुद्ध पोखरामा युनियनको विरोध प्रर्दशन, विधेयक शाही कालको झल्को

    May 16, 2019     10:52 pm

    पोखरा, जेठ २ गते ।

    मिडियालाई नियन्त्रण राख्न ओली सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्ध नेपाल प्रेस युनियन कास्कीले विरोध जनाएको छ ।

    युनियनले महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तीपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाको लागि माग गरिएको हो । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाही कालको झल्को दिने सरकारले विधेयक ल्याएको बताए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द गराउने खोज्ने सरकार बिरुद्ध सडकमा आन्दोलित हुनपर्ने बाध्यता रहेको औल्याए ।

    नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाले दुई तिहाइको बलियो भनिएको सरकारले प्रेसलाई कमजोर बनाउन खोजेको प्रति असहमति जनाए । ‘हामीले समाचार लेखेरै सरकारलाई तह लगाउनुपर्छ तर नसुन्ने सरकारलाई तह लगाउन सडकमा आउनुपरेको छ,’ उनले भने ।

    नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल ‘अथक’ ले देशमा अर्को तानाशाही सुरु भएको अनुभव हुन थालेको बताए । ‘प्रेस माथि सरकारले धावा बोलेको छ ,’ उनले भने, ‘स्वतन्त्रताको अधिकार प्रत्याभुति गराउनको लागि भएपनि सरकारले ल्याएको विधेयक खारेज गर्नुपर्छ ।’

    प्रेस युनियन गण्डक प्रदेश संयोजक टंक अधिकारीले संविधानमा टेकेर आएको सरकारले प्रेसलाई निरुत्साहित गरेको औल्याए ।

    प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलले पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध ल्याएको विधेयक तत्काल सच्चाउनुपर्नेमा जोड दिए ।

    प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठले सरकारले प्रेसलाई कुन्ठित गर्ने प्रयास गरेको हुँदा खुलेरै बिरोध गर्नुपर्ने बताए ।

    बिरोध कार्यक्रममा पत्रकार हिमनिदी लौडारी, प्रेस युनियनका सल्लाहकार डा. बलराम उपाध्याय रेग्मी, प्रेस युनियन केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बराल युनियन कास्कीका उपाध्यक्ष प्रकास चन्द« सापकोटा, सचिव प्रदिप पौडेल लगाएतले सञ्चार माध्यम माथि अंकुश लगाउने प्रस्तावित विधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।