• सडकका सालिक सहिद पार्कमा !

    May 16, 2019     9:56 pm

    पोखरा
    पोखरा महानगरका सडकका विभिन्न चोकभरि विभिन्न व्यत्तित्वका सालिक छन् । ती सालिक कुनै सहिदका छन् भने कुनै अन्य । प्राय चोकहरु शलिक रहकै व्यक्तिको नामबाट परिचित छन् । सडकको बीच भागमा ठडिएका ती सालिकले ठूलो क्षेत्रफल भूभाग ओगटेका थिए ।
    महानगरले सडकको आकार बढाउनुपर्ने भन्दै ती सालिकले ओगटेका ‘आइल्यान्ड’ धमाधम भत्काउन सुरु ग¥यो । आइल्यान्ड भत्काउँदा जनस्तरबाट धेरै विरोध पनि आए । महानगरले सबैलाई ‘अर्को एउटा निश्चित ठाउँमा सहिद पार्क बनाउँछौं र त्यहीं सबै सालिक पुनस्र्थापना गर्छौं’ भनेपछि सहमति भएको थियो ।


    महानगर पोखरामा सवारी साधनको चाप दिनानुदिन बढिरहेकाले बाटो चख्ल्याउनुपर्ने कारण देखाउँदै सालिकले ओगटेका आइल्यान्ड भत्काउन सुरु गरेको थियो । एउटा आइल्यान्ड भत्काउन ८० देखि १ लाख रुपैयाँसम्म खर्च गरेको महानगरले पोखरा जिरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचन, अमरसिंह चोक, विरौटा चोक, हरि चोक, पृथ्वीचोक मुस्ताङ चोकको आइल्यान्ड भत्काइसकेको छ ।


    पोखरा पृथ्वीचोकमा रहेको सहिद लखन थापाको सालिक भत्काउँदा महानगरले ठूलै आलोचना खेप्नु परेको थियो । सहिद लखन थापाको सालिक रातारात महानगरले हटाएपछि महानगरमाथि मगर समुदायका अगुवा खनिएका थिए । उनीहरुको आरोप थियो, ‘सहिदको सम्मान गर्नुपर्ने ठाउँमा उल्टै हटाइयो । मगर समुदायलाई मात्रै तारोमा पारिएको छ ।’
    आन्दोलित मगर समुदायलाई महानगरले पछि सहिद पार्क बनाउने र त्यतै सालिक सार्ने बताएपछि विवाद मिल्यो । महानगरले पछि सालिक सार्ने गरी त्यहाँ लखनको सालिक पुन राख्यो ।
    महानगर पोखरामा सवारी साधनको चाप दिनानुदिन बढिरहेकाले बाटो चख्ल्याउनुपर्ने कारण देखाउँदै सालिकले ओगटेका आइल्यान्ड भत्काउन सुरु गरेको थियो । एउटा आइल्यान्ड भत्काउन ८० देखि १ लाख रुपैयाँसम्म खर्च गरेको महानगरले पोखरा जिरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचन, अमरसिंह चोक, विरौटा चोक, हरि चोक, पृथ्वीचोक मुस्ताङ चोकको आइल्यान्ड भत्काइसकेको छ ।
    धमाधम आइल्यान्ड भत्काएर सडक चख्ल्याएको महानगरको योजना थियो, ‘सडकको मापदण्ड ओगटेर बनेका सालिकलाई पोखरा १८ सराङकोट, जामुनबोटमा सहिद पार्क बनाउने र त्यतै व्यवस्थापन गर्ने ।’ जामुनबोटमा अहिले ५६ रोपनी क्षेत्रफलमा पार्क बनाउन ‘प्रारम्भिक चरण’ को काम सुरु गरेको महानगरले बताएको छ ।
    ‘अहिले पार्कका लागि प्रारम्भिक काम गरिरहेका छौं । ठाउँ सम्याउने, भ्यू टावर राख्ने ठाउँ बनाउने, योगास्थान बनाउने, फुटट्र्याक बनाउने लगायतका काम गरिरहेका छौं,’ महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘प्रारम्भिक चरणको काम यही आर्थिक वर्षमा सक्ने योजना बनाएका छौं ।’ उनले अहिले पार्कको बाहिरी काम मात्र गरिरहेको जानकारी दिए ।


    टावर राख्न महानगरले निजी कम्पनीसँग साझेदारी गर्ने बताएको छ । टावरको छेउमा पृथ्वीनाराण शाहको सालिक राख्ने र त्यसपछि सँगसँगै अन्य सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने महानगरको योजना छ ।


    महानगरले पार्क बनाउन चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रारम्भिक चरणकोे काम सक्न करिब ४५ लाख लाग्ने महानगरको भनाइ छ । ‘महानगरले पहिलो चरणको काम आफैं काम गरिरहेको छ । पार्कको विस्तृत डीपीआर बनिसकेको छैन,’ सूचना अधिकारी सुवेदीले भने । डीपीआर तयारी भइसकेपछि पार्क २ वर्षमा बनाइसक्ने महानगरको योजना छ ।
    पार्कमा पोखरा तथा आसपासका क्षेत्र दृश्यावलोकन गर्न ४० फिट अग्लो भ्यू टावर पनि बनाइने महानगर मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले सुनाए । ‘पार्क घुम्न आएका पर्यटकले हिमालदेखि तालतैलयासम्म एकै नजरमा हेर्न पाउँछन्,’ उनले भने, ‘कम्तिमा ६ महिनाभित्र पार्कमा पर्यटक आउने वातारण बनाउने भनेर काम अघि सारेका छौं ।’
    टावर राख्न महानगरले निजी कम्पनीसँग साझेदारी गर्ने बताएको छ । टावरको छेउमा पृथ्वीनाराण शाहको सालिक राख्ने र त्यसपछि सँगसँगै अन्य सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने महानगरको योजना छ ।
    पार्कमा करिब २० वटा सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना बनाइरहेको स्वकीय सचिव तिमिल्सिनाले जानकारी दिए । ‘यही आर्थिक वर्षमा ३ वटा नभए कम्तिमा एउटा सालिक राख्ने गरी काम अघि बढिरहेको छ । अर्को आर्थिक वर्षदेखि सडकका बीचमा रहेका सबै सालिक पार्कमा व्यवस्थापन गरिसक्छौं,’ उनले भने ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।