• ७८ लाख रुपैयाँ धरौटीमा पाठक रिहा

    May 15, 2019     10:08 pm

    पोखरा ज्येष्ठ ०१
    भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् । उनीसँग विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

    थुनछेक बहसपछि विशेष अदालतले बुधबार पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

    भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

    नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।